११ वरिष्ठ सईको सरुवा

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले ११ वरिष्ठ सईको २९ जेठमा सरुवा भएको सूचना सार्वजनिक गरेको हो ।

असार १, २०८३

कान्तिपुर संवाददाता

Transfer of 11 senior officers

What you should know

काठमाडौँ — नेपाल प्रहरी प्रधान कार्यालय मानस्रोत  विकास विभागले ११ वरिष्ठ सईको सरुवा गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको २९ जेठ निर्णयअनुसार उनीहरूको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको सुरक्षामा खटिएका वरिष्ठ नायब निरीक्षकसहित ११ जनाको सरुवा गरेको छ ।

आयोगमा कार्यरत वरिष्ठ सई सनम राईलाई नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभागअन्तर्गत अंगरक्षक गणमा सरुवा गरिएको हो ।

इलाका प्रहरी कार्यालय, बाजुराका चन्द्रबहादुर कठायतको इलाका प्रहरी कार्यालय, भुरी गाउँ बर्दियामा सरुवा भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दिवासका नवराज खड्काको गण्डकी प्रदेश प्रहरी गण पोखरा सरुवा भएको छ ।

प्रहरी एकेडेमीमा रहेका पदमराज अवस्थीको इलाका प्रहरी कार्यालय, नाम्चे बजार सोलुखुम्बु सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय, आठराई तेह्रथुममा रहेका यदुकुमार खड्काको उपत्यका विशेष सुरक्षा प्रहरी गण र गण्डकी प्रदेश प्रहरी गण पोखराका रमेशप्रसाद रेग्मीको इलाका प्रहरी कार्यालय, गर्खाकोट जाजरकोट सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय, खयरवनीका लक्ष्मण महतराको इलाका प्रहरी कार्यालय, बरेङडाँडा बाग्लुङ र इलाका प्रहरी कार्यालय, कालिकामाई पर्साका वरिष्ठ सई लोकेन्द्र पण्डितको नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके सरुवा भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका शिवप्रसाद निरौलाको इलाका प्रहरी कार्यालय आठराई तेह्रथुम, जिल्ला प्रहरी कार्यालय, धनुषाका सागर शमशेर जबराको इलाका प्रहरी कार्यालय, बुढीनन्दा बाजुरा सरुवा भएको छ ।

त्यस्तै, नाम्चे बजारका वरिष्ठ सई सुरेन्द्रकुमार खेडवारको नेपाल प्रहरी प्रदेश कार्यालय, कास्कीको केन्द्रीय अनुसन्धान इकाइमा सरुवा भएको छ ।Transfer of 11 senior officers

कान्तिपुर

Link copied successfully