पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुंगा-मुग्लिङ सडक अनुगमन

निर्माण सामग्री अभाव र विभिन्न प्राविधिक कारणले काम सुस्त भइरहेको बेला मन्त्री लम्सालले आयोजना अनुगमन गरेका हुन् ।

जेष्ठ ३१, २०८३

पोषनाथ अधिकारी

Infrastructure Development Minister Lamsal inspects Nagdhunga-Mugling road

काठमाडौँ — पूर्वाधार विकासमन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुंगा-मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । 

निर्माण सामग्री अभाव र विभिन्न प्राविधिक कारणले काम सुस्त भइरहेको बेला मन्त्री लम्सालले आयोजना अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री लम्सालले बर्खाको बेलामा जोखिम कम हुने गरी कामलाई अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले आयोजनामा देखिएका अड्चनहरू तत्काल फुकाउन मन्त्रालयले सहजीकरण गर्ने पनि आश्वासन दिए । 

पछिल्लो समय बिटुमिन अभावमा कालोपत्र रोकिएको यो सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ ।

पोषनाथ

Link copied successfully