आज एक तोला सुनको मूल्य २ लाख ९२ हजार कायम भएको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ हजार ३ सय र चाँदी १९० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९२ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य ४ हजार ८४० निर्धारण भएको छ ।
हिजो एक तोला सुन २ लाख ८६ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ६५० मा कारोबार भएको थियो ।
