सीआईबीलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गर्दै उनले प्रक्रियामा रहेका अनुसन्धानका फाइल शीघ्र टुंग्याउन निर्देशन दिने निर्णय गरेका हुन् ।
काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेपछि ‘अब (अनुसन्धानका) हरेक फाइल खोलिने’ बताएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गर्दै उनले प्रक्रियामा रहेका अनुसन्धानका फाइल शीघ्र टुंग्याउन निर्देशन दिने निर्णय गरेका हुन् ।
गृहमन्त्री गुरुङले गरेका चार निर्णयमध्ये चौथो निर्णय सीआईबीसँग सम्बन्धित छ । निर्णयअनुसार नेपाल प्रहरीअन्तर्गत रहेको सीआईबीलाई थप सशक्त र प्रभावकारी बनाइनेछ भने हाल अनुसन्धानको प्रक्रियामा रहेका फाइलहरूलाई छिटो निष्कर्षमा पुर्याउन निर्देशन दिइने छ ।
निर्णयमा ब्युरोमा रहेका जघन्य आर्थिक अपराध, संगठित अपराध तथा अन्य गम्भीर प्रकृतिका मुद्दाको अनुसन्धानका लागि विषयगत र विशिष्टीकृत समूह गठन गर्ने व्यवस्था पनि उल्लेख गरिएको छ ।
गुरुङले पदभार ग्रहणका क्रममा आफू गृहमन्त्रीमा फर्किएपछि धेरै खुसी र धेरै दुःखी हुनेहरू पनि रहेको टिप्पणी गर्दै सबै फाइल अघि बढाइने बताएका हुन् ।
सीआईबी गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको विशिष्टकृत निकाय हो ।
