विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

प्रधानमन्त्री सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो हुने भएको छ ।

जेष्ठ २६, २०८३

जयसिंह महरा

Mahavir Pun becomes Minister of Science, Technology and Innovation

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने भएको छ । पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।  

प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङलाई पनि फेरि गृह मन्त्रालय फर्काउने निर्णय लिएका छन् ।

यसअघि गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully