सचिवहरूको सरुवा, गण्डकी पुगे राजस्व सचिव

जेठ १५ गतेको बजेट निर्माणमा सक्रिय भएका अर्थ मन्त्रालयको राजश्व सचिव भुपाल बराललाई सरकारले गण्डकी प्रदेशमा सरुवा गरेको छ ।

जेष्ठ २५, २०८३

कान्तिपुर संवाददाता

Secretaries transferred, Revenue Secretary reaches Gandaki

काठमाडौं — सरकारले सचिवहरूको सरुवा गरेको छ । मन्त्रालयको नाम परिर्वतन भएपछि सरकारले सचिवहरूको पनि सरुवा गरेको हो । 

जेठ १५ गतेको बजेट निर्माणमा सक्रिय भएका अर्थ मन्त्रालयको राजश्व सचिव भुपाल बराललाई सरकारले गण्डकी प्रदेशमा सरुवा गरेको छ । त्यस्तै गोविन्द शर्मालाई त्रिभुवन विमानस्थल समन्वयको जिम्मा दिइएको छ भने प्रधानमन्त्री कार्यालयमा रहेका एक सचिवलाई सूचना प्रविधि समन्वय हेर्न गरी काम लगाउने निर्णय भएको छ । डण्डु घिमिरे निलम्बनमा परेकाले जगेडामा राख्दै अतिरिक्त समूहमा सरुवा गरिएको छ ।  

चन्द्रकला पौडेल उपराष्ट्रपति कार्यालय, प्रमिला बज्राचार्य विज्ञान प्रविधि मन्त्रालय, दिननाथ मिश्र राष्ट्रिय सर्तकता केन्द्र, चिरञ्जीवी चटौत नेपाल ट्रष्टको कार्यालयमा सरुवा भएका छन् । नाम परिर्वतन नभएको हकमा सोही मन्त्रालयमा पदस्थापन गरिएको  छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरूले पदस्थापन भएको पत्र पनि बुझिसकेका छन् ।

कान्तिपुर

Link copied successfully