यात्रु पुर्याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर यस्तो व्यवस्था गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एन्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ ।
विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर यस्तो व्यवस्था गरेको हो ।
कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर ‘पिक एन्ड ड्रप’को समय बढाइएको जानकारी दिए । यसअघि सात मिनेटसम्म ‘पिक एन्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने गरेकामा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको उनको भनाइ छ ।
'परीक्षणका लागि हामीले एक महिनासम्म यो व्यवस्था लागू गरेका छौं,' उनले भने, 'यस व्यवस्थाविपरीत शुल्क लिनेलाई कारबाही गरिनेछ ।'
