कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका भेषराज दर्जीको मृत्यु 

थापाथलीस्थित सुकुमवासी बस्तीबाट विस्थापित भएपछि उनी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । उनी निकै बिरामी भएपछि जेठ १८ गते वीर अस्पतालमा उपचारका लागि लगिएको थियो ।

जेष्ठ २१, २०८३

आरती पौडेल

Bheshraj Darji, a tailor at the holding center in Kirtipur, dies

काठमाडौँ — कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका भेषराज दर्जीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ३६ वर्षीय दर्जीको बिहीबार दिउँसो मृत्यु भएको उनकी श्रीमती विमला सुनुवारले पुष्टि गरिन् ।

विमलाले भनिन्, 'उनी ८ वर्षअघिदेखि बिरामी थिए । सुकुमवासी बस्तीमा रहँदा पैसा नभएर उपचार भएको थिएन् । होल्डिङ सेन्टरमा बस्ने क्रममा फेरि गाह्रो भएपछि काठमाडौं महानगरले अस्पताल ल्याएको थियो । उपचारकै क्रममा निधन भयो ।’

थापाथलीस्थित सुकुमवासी बस्तीबाट विस्थापित भएपछि उनी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । उनी निकै बिरामी भएपछि जेठ १८ गते वीर अस्पतालमा उपचारको लागि लगिएको थियो ।

वीर अस्पतालकी नर्सिङ स्टाफ शकुन्तला राईले २ बजेर २६ मिनेटमा दर्जीको मृत्यु भएको जानकारी दिइन् । 

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully