प्रतिनिधिसभा बैठक जेठ २५ सम्मलाई स्थगित

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र संसद्मा आएर उक्त अभिव्यक्तिका सम्बन्धमा माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरू वेल घेराउमा उत्रिएका थिए ।

जेष्ठ १९, २०८३

कान्तिपुर संवाददाता

House of Representatives meeting postponed until June 10

काठमाडौँ — प्रतिनिधिसभाको बैठक जेठ २५ सम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादको विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो । 

प्रतिनिधिसभाको मंगलबारको बैठक सभामुख डीपी अर्यालले ६ दिनपछि बस्ने गरी स्थगित गरेका हुन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसद्मा आएर उक्त अभिव्यक्तिका सम्बन्धमा माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरू वेल घेराउमा उत्रिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

कान्तिपुर

Link copied successfully