संसदमा हंगामाबीच प्रतिनिधिसभा नियमावली बहुमतले पारित

सभामुख डीपी अर्यालले ठूलो संख्यामा मर्यादापालक (सादा पोशाकका प्रहरी) परिचालन गरेर प्रतिनिधिसभा नियमावली पारित गराएका हुन् ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

House of Representatives rules passed by majority amid uproar in Parliament

काठमाडौँ — प्रतिनिधिसभा नियमावली पारित भएको छ । आइतबारको बैठकले प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेको हो । 

विपक्षी दलका सांसदहरूले वेल घेराउ र धकेलाधकेल गरिरहेका बेला सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावलीलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । 

नियमावलीमा संविधान र प्रचलित कानुनसँग बाझिने विषय राख्न नहुने भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएका थिए । सभामुख अर्यालले ठूलो संख्यामा मर्यादापालक (सादा पोशाकका प्रहरी) परिचालन गरेर नियमावली पारित गराएका हुन् । नियमावलीमाथि सांसदले पेस गरेका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सभामुखलाई मर्यादापालकले घेरेर राखेका थिए । 

विपक्षी दलका सांसदहरूले सभामुख निष्पक्ष नभएको भन्दै नाराबाजी गरेका थिए । उनीहरूले सुभामुखलाई निष्पक्षता कायम गर्न आग्रह गरेका थिए । 

प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार प्रतिनिधिसभाका कामकारबाही संचालन हुन्छन् । 

कान्तिपुर

Link copied successfully