तीन दिनदेखि रुघाखोकी र ज्वरो निको नभएकाले उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेको उनका प्रमुख सोकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
काठमाडौँ —
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल अस्पताल भर्ना भएका छन्।
तीन दिनदेखि रुघाखोकी र ज्वरो निको नभएकाले उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई सामान्य निमोनियाको लक्षण देखिएकोले उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
