बैठक बिहीबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
काठमाडौँ — नेपाली कांग्रेसले आगामी बजेट सार्वजनिक हुनुअघि आफ्ना सांसदहरूसँग छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटबारे पार्टीको साझा धारणा निर्माण, सांसदहरूका सुझाव संकलन तथा संसद्मा खेल्ने भूमिकाबारे रणनीति तय गर्न बैठक डाकिएको बताइएको छ ।
