राष्ट्रिय परिचयपत्र प्रणालीलाई राहदानी विभाग, आन्तरिक राजस्व विभाग, निर्वाचन आयोग, सामाजिक सुरक्षा कोष र कर्जा सूचना केन्द्रलगायत १२ वटा निकायहरूको प्रणालीसँग अन्तरआबद्ध गरिएको उल्लेख छ ।
काठमाडौं — सरकारले २०८२ फागुनसम्म २ करोड १३ हजार ५५३ जनाको वैयक्तिक र जैविक (बायोमेट्रिक) विवरण संकलन गरिसकेको जनाएको छ ।
राष्ट्रिय परिचयपत्र वितरण गर्ने प्रयोजनका लागि यत्तिका विवरण संकलन भए पनि हालसम्म ४० लाख ३३ हजार ४० वटा मात्रै यस्ता परिचयपत्र वितरण गरिएको आर्थिक सर्वेक्षणले देखाएको छ ।
राष्ट्रिय परिचयपत्र प्रणालीलाई राहदानी विभाग, आन्तरिक राजस्व विभाग, निर्वाचन आयोग, सामाजिक सुरक्षा कोष र कर्जा सूचना केन्द्रलगायत १२ वटा निकायहरूको प्रणालीसँग अन्तरआबद्ध गरिएको उल्लेख छ ।
यस प्रणालीले राष्ट्रिय अभिलेख व्यवस्थापनलाई मजबुत बनाउँदै डिजिटल सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने भनिएको छ ।