सडकमा गाडी गुडाउने कि मकै सुकाउने ?

सडकको दुवैतर्फ, कतिपय ठाउँमा त बीच भागमै मकैका दाना र घोगा यसरी सुकाइएका छन् कि सवारी साधन गुड्नका लागि जम्मा एक हात जति मात्र ठाउँ बाँकी रहन्छ ।

जेष्ठ ११, २०८३

शिव पुरी

Driving a car on the road or drying corn?

What you should know

रौतहट — गर्मीको रापसँगै रौतहटका ग्रामीण भेगमा यतिबेला मकै भित्र्याउने चटारो छ । किसानलाई वर्षभरिको बाली घर भित्र्याउने हतारो भइरहँदा, यहाँका मुख्य र भित्री सडक भने अचेल अनौठो स्वरूपमा सजिएको देख्न पाइन्छ ।

सडकमा गाडी गुड्नुपर्ने हो, तर गाउँघरतिर पुग्नुभयो भने लाग्छ, यी पिच सडक बाटो ‘मकै सुकाउने खलो’ (थलो) हुन् । बाटो नै अवरुद्ध हुने गरी सडकभरी फिँजाइएका मकैका कारण अहिले जिल्लाको  ग्रामीण यात्रा अत्यन्तै जोखिमपूर्ण पनि बनेको छ ।

चन्द्रपुर, गुजरा, गढीमाई, वृन्दावन, कटहरिया नगरपालिकाका भित्री सडकमा मकै सुकाइएको छ । सडकको दुवैतर्फ, कतिपय ठाउँमा त बीच भागमै मकैका दाना र घोगा यसरी सुकाइएका छन् कि सवारी साधन गुड्नका लागि जम्मा एक हात जति मात्र ठाउँ बाँकी रहन्छ ।

Driving a car on the road or drying corn?

‘बाटो हो कि किसानको आँगन, छुट्याउनै गाह्रो भो,’ स्थानिय रुपेन्द्र पटेल भन्छन्,‘मकैको दानामा बाइकको टायर चिप्लिएर झन्डै लडिएन ।’

रौतहट जिल्ला ट्राफिक प्रमुख राजेन्द्र थापा मगरले सडकमा जथाभावी मकै सुकाएको देख्नासाथ हटाउन अनुरोध गर्दै आएको बताए । 

कतिपय ठाउँमा किसानहरूले मकैको बिस्कुन जोगाउन बाटोको बीचमै ठूला-ठूला ढुङ्गा, काठ वा बाँसका भाटा राखिदिने गरेका छन् । 

Driving a car on the road or drying corn?

बालचनपुरका किशान दिलिप बछार भन्छन्,‘घरमा सानो आँगन छ, त्यहाँ यत्रो मकै अट्दैन । खेतबाट उठाएर सिधै बजार लैजान मकै सुकेको हुनुपर्छ । सडकको पिच तातो हुन्छ, सरकारले हाम्रा लागि मकै सुकाउने साझा ठाउँ बनाइदिएको भए हामी किन सडकमा आउँथ्यौँ र ?’ 

Driving a car on the road or drying corn?

मकै ढिलो सुक्दा ढुसी लाग्ने र व्यापारीले उचित मूल्य नदिने भएकाले हतारहतार सडकको ताप प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully