सरकारको गलत क्रियाकलापविरुद्ध एमालेले विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने 

एमाले सचिवालय बैठकले गठन भएदेखि नै सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै सदन र सडकमा विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

UML to launch protest and boycott campaign against government's wrongdoings

काठमाडौँ — एमालेले सरकारको गलत क्रियाकलापविरुद्ध विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा बसेको एमाले सचिवालय बैठकले गठन भएदेखि नै सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै सदन र सडकमा विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

'सरकार लोकतन्त्रको बाटोबाट विचलित हुँदै स्वेच्छाचारी र अधिनायकवादी बाटोतर्फ अग्रसर हुँदै गइरहेको छ । यस्तो अवस्थामा सरकारका स्वेच्छाचारी क्रियाकलापका विरुद्ध आवश्यकताअनुसार सदन र सडकमा विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ,' बैठकपछि उपमहासचिव लेखराज भट्टले भने । 

कान्तिपुर

Link copied successfully