चाँदीको मूल्य पनि आज तोलामा १०५ ले घटेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २ हजार ८ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने २ लाख ९० हजार ९ सयमा कारोबार हुने गरी निर्धारण भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा १०५ ले घटेको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि ५ हजार १० निर्धारण भएको छ ।
