खाडीका अन्य वायुसेवाले यसअघि नै उडान सुचारु गरीसके पनि कुवेतले भने नेपालकालागि हुने उडानमा रोक नै लगाएको थियो ।
काठमाडौँ — मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण ०८२ फागुन १६ देखि स्थगित कुवेत एयरवेजका नेपाल उडानहरू आजदेखि पुनः सुचारु गरेको छ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमण र त्यसपछि सिर्जित हवाई क्षेत्रको असुरक्षाका कारण इरानमा भएको सैन्य हमलापछि मध्यपूर्वका कुवेतसहित ९ वटा देशले आफ्नो हवाई क्षेत्रमा सुरक्षा सतर्कता बढाउदै उडान रोकेका थिए ।
खाडीका अन्य वायुसेवाले यसअघि नै उडान सुचारु गरीसके पनि कुवेतले भने नेपालकालागि हुने उडानमा रोक नै लगाएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गको हवाई यातायात विभागले कुवेत एयरवेजलाई सेमबार (१८ मे २०२६ देखि २८ मे २०२६) सम्मका लागि पहिलो चरणको अस्थायी उडान अनुमति दिएको छ ।
यात्रुहरूको चापका आधारमा कुवेतको यो सरकारी विमान कम्पनीले हप्तामा २ वटा उडान सञ्चालन गर्नेछ।
यसका लागि २३५ सिट क्षमता भएको ठुलो एयरबस ए३३० जहाज प्रयोग गरिनेछ।
प्राधिकरणद्वारा यस वायुसेवालाई नियमितताका लागि केही सर्तहरू उडान अनुमतीपत्रमा राखिएका छन । जस्मा तालिकाको अनिवार्य पालना राखिएको छ । स्वीकृत उडान तालिकाको पूर्ण पालना अनिवार्य छ।
यदि कुनै कारणवश एयरलाइन्सले १५ दिनभन्दा बढी समयसम्म आफ्ना निर्धारित उडानहरू कायम राख्न नसकेमा उक्त उडान स्लट स्वतः खारेज गरिने चेतावनी प्राधिकरणले दिएको छ।
