जेन-जी आन्दोलनका कारण १ खर्ब ४७ अर्ब ९० करोडको लेखा परीक्षण भएन

महालेखाको ६३ औं वार्षिक प्रतिवेदन जेन-जी आन्दोलनका कारण करिब डेढ खर्ब रुपैयाँको लेखापरीक्षण हुन नसकेकाे उल्लेख छ ।

जेष्ठ १, २०८३

कान्तिपुर संवाददाता

Due to Gen-G movement, accounts worth Rs 147.9 billion were not audited

काठमाडौँ — महालेखापरीक्षकको कार्यालयले २०८२ सालको भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका कारण १७९ सरकारी निकाय तथा कार्यालयको लेखापरीक्षण हुन नसकेको जनाएको छ । जसकारण १ खर्ब ४७ अर्ब ९० करोडको लेखा परीक्षण गर्न नसकिएको कार्यालयले उल्लेख गरेको छ ।

महालेखाको ६३ औं वार्षिक प्रतिवेदन जेन-जी आन्दोलनका कारण करिब डेढ खर्ब रुपैयाँको लेखापरीक्षण हुन नसकेकाे उल्लेख छ ।  

जेन-जी आन्दोलन र प्रदर्शनपछिको घटनाका कारण ती कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी स्रेस्ता पेस नभएकाले लेखापरीक्षण नगरिएको महालेखाले जनाएको छ ।

कान्तिपुर

Link copied successfully