प्रतिनिधिसभामा प्रधानमन्त्री नबोल्ने, नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने 

प्रधानमन्त्री शाहको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

The Prime Minister will not speak in the House of Representatives, and the Finance Minister will answer questions raised by MPs on policies and programs.

काठमाडौँ — नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले नदिने भएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बुधबार छलफल हुँदैछ ।

संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था छ । तर, प्रधानमन्त्री शाहको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । 

प्रधानमन्त्री सचिवालय र अर्थमन्त्रीको सचिवालयका स्रोतका अनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । 

संसद् सचिवालयका एक अधिकारीले पनि प्रधानमन्त्रीको सट्टामा अर्थमन्त्रीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कान्तिपुर

Link copied successfully