प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजैबाट 

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउनले उल्लेख छ

वैशाख २५, २०८३

जयसिंह महरा

Parliamentary hearing process for proposed Chief Justice Manoj Kumar Sharma begins today

काठमाडौं — संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुक्रबार (आज)देखि अघि बढाउने भएको छ ।

प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न समितिले शुक्रबार साँझ ४ बजेका लागि समितिका सदस्यहरूलाई उपस्थितिका लागि सूचना जारी गरेको छ ।

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउनले उल्लेख छ । Parliamentary hearing process for proposed Chief Justice Manoj Kumar Sharma begins today

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully