मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेपछि प्रारम्भिक मूल्यांकनका आधारमा महानिर्देशक र निगम सञ्चालक पदका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार साँझ नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक तथा नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेपछि प्रारम्भिक मूल्यांकनका आधारमा महानिर्देशक र निगम सञ्चालक पदका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । छनोटमा परेका उम्मेदवारहरूले अब कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ ।
प्राधिकरणको महानिर्देशक पदका लागि अर्जुन बस्नेत, उमेशकुमार पन्थी, उसवराज खरेल, जगन्नाथ निरौला, जशोदा सुवेदी (रेग्मी), ज्ञानेन्द्र भुल, टेकनाथ सिटौला, डा. त्रिलोचन पौडेल, ई. दीपेन्द्र श्रेष्ठ, देवेन्द्रप्रसाद पाण्डेय, प्रभाकर चन्द्र मल्लिक, प्रमोदकुमार चौधरी, प्रेमनाथ ठाकुर, विष्णु गौतम, मुकेश डंगोल, मुरारीप्रसाद पौडेल, लक्ष्मीप्रसाद उपाध्याय, लवराज जोशी, श्यामकिशोर साह, संजय कुमार र सुभाष झा सर्टलिस्टमा परेका छन् ।
त्यसैगरी निगमको सञ्चालक समिति सदस्य पदका लागि अच्युतराज पहाडी, अमृतमान श्रेष्ठ, उपेन्द्रबहादुर कार्की, ऋषिराम पण्डित, गौतम पाण्डे, चिरञ्जीवी उपाध्याय, दीपकप्रसाद बास्तोला, परमेश्वर दाहाल, प्रवीन भट्टराई, बलराम पौडेल, भगिरथप्रताप सिंह, डा. भीमबहादुर चन्द, मदनकुमार बराल, मनोजकुमार श्रेष्ठ भडेल, मनोज भारती, महेश्वरभक्त श्रेष्ठ, योगराज कँडेल शर्मा, रुपा लामिछाने, लिलाराज ढकाल, विष्णुबाबु मिश्र, वेदप्रकाश उप्रेती, शमशेर पराजुली र श्रीराम गौतमको नाम सार्वजनिक गरिएको छ ।
यसअघि मन्त्रालयले वैशाख १२ गते सूचना प्रकाशित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशक पद र नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदका लागि आवेदन आह्वान गरेको थियो ।
महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका थिए भने निगमको सञ्चालक समिति सदस्य (५ जना) पदका लागि २७ जना आकांक्षी प्रतिस्पर्धामा सहभागी भएका थिए ।
