प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको संवैधानिक परिषद्को केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौँ — संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको संवैधानिक परिषद्को केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
परिषद्को बैठकले रिक्त सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने एजेण्डा रहेको छ । तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि सर्वोच्च अदालत कायममुकायको भरमा चलिरहेको छ ।
वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले कामुको रुपमा न्यायलयको नेतृत्व गरिरहेकी छन् । न्याय परिषद्ले यसअघि प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना स्थायी न्यायाधीशको रोष्टर पठाएको थियो । सोही रोष्टरबाट संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिस गर्ने छ । न्याय परिषद्ले २६ फागुनमा भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाएको थियो ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता, उपसभामुख र कानुनमन्त्री सदस्य हुन्छन् ।
