जिल्ला अदालत काठमौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
काठमाडौं — जिल्ला अदालत काठमाडौंले अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले धरौटी माग गर्ने आदेश गरेको हो ।
उनीहरुविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् । बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई जनही २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो ।
अदालतले गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र नीता खत्रीसँग २५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।
