व्यवसायी दिपक भट्ट र शुलभ अग्रवाललाई १२ दिन म्याद थप 

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश विदुर कोइरालाको इजलासबाट म्याद थप भएको हो ।

वैशाख २३, २०८३

मातृका दाहाल

Remand of businessmen Deepak Bhatt and Shulav Agarwal extended by 12 days

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी दिपक भट्ट र अर्को व्यवसायी शुलभ अग्रवाललाई अनुसन्धानका लागि विशेष अदालतले हिरासतमा राख्न १२ दिन म्याद थप गरेको छ ।

भट्टको हकमा आज पाँचौं पटक १२ (बाह्र) दिन  र शुलभ अग्रवालको हकमा छैटौँ पटक १२(बाह्र) दिन म्याद थप भएको अदालतको आदेशमा उल्लेख छ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश विदुर कोइरालाको इजलासबाट म्याद थप भएको हो ।Remand of businessmen Deepak Bhatt and Shulav Agarwal extended by 12 days

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully