वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने महासंघको विधानअनुसार अन्जन श्रेष्ठ अध्यक्ष भएका हुन् । आगामी तीन वर्ष महासंघको नेतृत्व श्रेष्ठले सम्हाल्ने छन् ।
What you should know
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने महासंघको विधानअनुसार उनी अध्यक्ष भएका हुन् । आगामी ३ वर्ष महासंघको नेतृत्व श्रेष्ठले सम्हाल्नेछन् ।
एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । एसोसियटतर्फको महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि दुईजना दावेदार थिए भने सदस्यका लागि ४ जना उम्मेदवार थिए ।
वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । महासंघको ६०औं साधारणसभा सोमबारदेखि सुरु भएको हो । मंगलबार निर्वाचन सम्पन्न भएसँगै साँझदेखि नै मतगणना भइरहेको छ ।
जिल्ला/नगर उद्योग वाणिज्य समूहमा उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । वस्तुगततर्फ उपाध्यक्षका लागि ४ जना उम्मेदवार थिए । जिल्ला नगर उद्योग वाणिज्य समूहकै कार्यसमिति सदस्यमा प्रयास कार्की, अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कातुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दिपक नेपाल, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । जिल्ला नगर उद्योग वाणिज्य समूहमा कार्यसमिति सदस्य खुलामा १७ पदका लागि २२ जना उम्मेदवार थिए ।
जिल्ला नगर उद्योग वाणिज्य समूहकै महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन् । दुई पदका लागि ४ जनाले उम्मेदवारी दिएका थिए । जिल्ला/नगर उद्योग वाणिज्य समूहका कार्यसमिति सदस्यमा कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विक, मधेश प्रदेशबाट विकासकुमार सारडा र अमरनाथ शाह, बागमती प्रदेशबाट सविन श्रेष्ठ र प्रकाश मानन्धर, गण्डकी प्रदेशबाट पविन्दकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी र सुदूरपश्चिम प्रदेशबाट पिताम्बर जोशी विजयी भएका छन् । कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा निर्विरोध भएका थिए ।
महासंघको वस्तुगत समूहको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । वस्तुगततर्फ सदस्यहरूमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, रवीन पुरी, राजकुमार कार्की, संघर्ष विष्ट रहेका छन् । यस्तै विजयी सदस्यहरूमा पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन् ।
यस्तै निराजन चालिसे, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०/५० मत ल्याएका छन्। उनीहरूमध्ये १ जनालाई गोलाप्रथाबाट टुंगो लगाउने भनिए पनि हालसम्म निर्णय भएको छैन । यसमा १३ पदका लागि २६ जना उम्मेदवार थिए । कार्यसमिति सदस्यतर्फ सुनिता नेम्हफुकी निर्वाचित भएकी छन् ।
एसोसिएटतर्फ कार्यसमिति सदस्य संख्या १७ जना निर्वाचित भएका छन् । सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल, सुशील थापा, राजेशकुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवस न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, ईश्वरबहादुर जिसी, सुरज उप्रेती, बटु लामिछाने निर्वाचित भए । यी १७ पदका लागि ३३ जना उम्मेदवार थिए । एसोसिएटतर्फको उपाध्यक्ष र महिला सदस्यको मत गणना जारी छ ।
वस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल निर्वाचित भएका छन् । संस्थापक सदस्य समूहतर्फ सुमनकुमार श्रेष्ठ र गोपाल श्रेष्ठ विजयी भएका छन् भने द्विराष्ट्रियतर्फ कार्यसमिति सदस्यमा मनोज पौडेल विजयी भएका छन् ।
