राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौँ — लुम्बिनी प्रदेशका केही जिल्लामा आज दिउँसो तीव्र हावाहुरीको सम्भावना रहेको छ ।
बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना छ । हावाहुरीबाट जोगिने उपायहरू अपनाउन विभागले अनुरोध गरेको छ ।
