समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत रकम फिर्ता जेठ पहिलो सातादेखि

कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्ता मागदाबीकर्ताहरूलाई जेठ पहिलो साताबाट प्रक्रियामा आउन आग्रह गरेको हो ।

वैशाख २२, २०८३

कान्तिपुर संवाददाता

Savings of troubled cooperatives to be refunded from first week of Jestha

काठमाडौं — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मागदाबीकर्ता बचतकर्ताहरूको बचत रकम आगामी जेठ पहिलो सातादेखि फिर्ता प्रक्रिया सुरु गर्ने भएको छ । कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्ता मागदाबीकर्ताहरूलाई जेठ पहिलो साताबाट प्रक्रियामा आउन आग्रह गरेको हो । 

कार्यालयले साना बचतकर्ताबाट बचत रकम वितरण सुरु गर्ने जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ९ वैशाखदेखि कार्य प्रारम्भ गरेको जनाएको छ । समस्याग्रस्त सहकारीहरूको करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब बचत फिर्ता बाँकी रहेको  समितिले जनाएको छ । समस्याग्रस्त घोषित सहकारीहरूको विविध समस्याको पहिचान, समाधान र व्यवस्थापनका लागि समिति प्रतिबद्ध रहेको वज्ञप्पतिमा उल्लेख छ ।

समिति कार्यालयले मागदाबी छुट भएका बचतकर्ताहरुको पुनः मागदाबी गर्ने समय आगामी श्रावणको पहिलो सातामा खुला गर्ने, बचत मिलानको लागि वैज्ञानिक र न्यायपूर्ण कार्यविधि निर्माण गर्ने, नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गर्ने, कर्जा असुलिकालागि समितिले कानन बमोजिमको कठोर नीति अबलम्बन गर्ने जनाएको छ । यस्तै, किस्ताबन्दीका साथ कर्जा भुक्तानी गर्न लिखित प्रतिबद्दता व्यक्त गर्दै निश्चित कर्जा रकम दाखिला गर्ने ऋणीहरुलाई यथोचित समय उपलब्ध गराउने, कर्जा असुलीका लागि दबाबमूलक कार्यहरुमध्ये ऋणीहरुको तीनपुस्ते नामावली प्रकाशनको कार्य र परिवारका सदस्यहरु समेतको नाम कालो सूचीमा समावेश गर्ने जनाएको छ । 

समितिले कार्यसम्पादन योजना र कार्यशैलीप्रति बचतकर्ताहरुलाई जानकारी गराउन र कर्जा भुक्तानीतर्फ ऋणीहरुको ध्यानाकर्षण तथा खबरदारी गर्न बुधबार विज्ञप्तिमार्फत जारी गरेको छ ।Savings of troubled cooperatives to be refunded from first week of Jestha

कान्तिपुर

Link copied successfully