राष्ट्रपति पौडेलद्वारा २८ वैशाखमा संसद् अधिवेशन आह्वान

२८ वैशाख दिउँसो २:०० बजे सघीय संसद् भवन, सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

वैशाख २२, २०८३

कान्तिपुर संवाददाता

President Poudel calls for Parliament session on 28th Baisakh

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले यही २८ वैशाखका लागि स‌घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । 

आगामी सोमबार दिउँसो २:०० बजे सघीय संसद् भवन, सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति यही २२ वैशाखको सिफारिसमा सदनको अधिवेशन आह्वान गरेको हो । 

कान्तिपुर

Link copied successfully