संघीय संसद्को अधिवेशन २८ वैशाखमा बोलाउन सिफारिस

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को आगामी अधिवेशन २८ वैशाख दिउँसो २ बजे बोलाउने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् ।

वैशाख २२, २०८३

जयसिंह महरा

Recommendation to convene Federal Parliament session on 28th Baisakh

काठमाडौं — संघीय संसद्को अधिवेशन आगामी २८ वैशाखमा बस्ने गरी सरकारले तयारी गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को आगामी अधिवेशन २८ वैशाख दिउँसो २ बजे बोलाउने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully