विभिन्न सार्वजनिक निकायमा गत १२ चैतअगाडि नियुक्त पदाधिकारीको नियुक्ति सर्त, सुविधा वा बाँकी पदावधि जेसुकै भए पनि स्वतः पदमुक्त हुने व्यवस्था अध्यादेशमा गरिएको छ ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ ले दर्जनौं सार्वजनिक निकायमा कम्पन सिर्जना गरेको छ । अध्यादेशबाट १ सय १० कानुन संशोधन भएसँगै विभिन्न विश्वविद्यालय, संस्थान, प्रतिष्ठान, प्राधिकरण, परिषद्, कोष, आयोग जस्ता निकायका १२ सयभन्दा बढी पदाधिकारी एकैचोटि पदमुक्त भएका छन् ।
विभिन्न सार्वजनिक निकायमा गत १२ चैतअगाडि नियुक्त पदाधिकारीको नियुक्ति सर्त, सुविधा वा बाँकी पदावधि जेसुकै भए पनि स्वतः पदमुक्त हुने व्यवस्था अध्यादेशमा गरिएको छ । ‘प्रचलित कानुनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि १२ चैत २०८२ भन्दाअगाडि सार्वजनिक निकायमा नियुक्त भई बहाल रहेका अनुसूचीबमोजिम (अनुसूचीमा ११० कानुन) का सार्वजनिक पदाधिकारीहरूको नियुक्तिमा जुनसुकै सर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारी कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुनेछन्,’ अध्यादेशमा भनिएको छ ।
–नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष र सञ्चालकहरू तथा दफा ८ बमोजिम नियुक्त महाप्रबन्धक
–राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ (१) का खण्ड (ग) र (घ) बमोजिमका सञ्चालकहरू
–कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ४ बमोजिमका अध्यक्ष तथा सञ्चालकहरू र दफा ६क. बमोजिम नियुक्त प्रशासक
–गोरखापत्र संस्थान ऐन, २०१९ को दफा ८ (१) को खण्ड (ग) र (घ) बमोजिमका सञ्चालकहरू र दफा ८ (३) बमोजिमको अध्यक्ष
–नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१ को दफा ८ बमोजिम मनोनीत सञ्चालकहरू
–चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ७ बमोजिमका चलचित्र जाँच समितिका अध्यक्ष र सदस्यहरू
–सञ्चार संस्थान ऐन, २०२८ को दफा १० उपदफा (१) को खण्ड (घ) बमोजिम नियुक्त सञ्चालक र उपदफा (३) बमोजिमको अध्यक्ष
–शिक्षा ऐन, २०२८ को दफा ४क. को उपदफा (२) का खण्ड (क), (ज), (झ) र (ञ) बमोजिमका अध्यक्ष र सदस्यहरू, दफा ७क. को
उपदफा (२) का खण्ड (ङ), (ट), (ठ), (ड), (ढ) र (ण) बमोजिमका सदस्यहरू र दफा ११ख. बमोजिम नियुक्त शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरू
–गुठी संस्थान ऐन, २०३३ को दफा ७ (१) बमोजिमका विद्वत् समितिका सभापति र सदस्यहरू, दफा ९ (१) का खण्ड (क) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १२क. बमोजिम नियुक्त प्रशासक
–राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिमका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू
–नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ को दफा ९ (१) को खण्ड (छ) बमोजिमका सदस्यहरू र दफा ११ (२) बमोजिम नियुक्त कार्यकारी निर्देशक
–नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ (३) का खण्ड (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू र दफा १७ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ (१) का खण्ड (ख), (ङ), (च), (छ) र (ज) बमोजिम उपाध्यक्ष, सदस्य र सदस्य–सचिव
–नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा ४ (१) का खण्ड (ट), (थ), (द), (ध), (न), (फ), (ब), (भ) र (म) बमोजिमका सदस्यहरू, दफा ६ (१) का खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा ८ (१) का खण्ड (च), (छ), (छ१) र (ज) बमोजिमका सदस्यहरू, दफा ९क (१) का खण्ड (क) र (ग) बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्य, दफा १६ बमोजिम नियुक्त उपकुलपति, दफा १७ बमोजिम नियुक्त शिक्षाध्यक्ष र दफा १८ बमोजिम नियुक्त कुल सचिव
–पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ का उपदफा ८.२.११, ८.२.१२ र ८.२.१३ बमोजिमका सदस्य, कोषाध्यक्ष र
सदस्य–सचिव
–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४४ को दफा ४क. का उपदफा ४क.१.१२, ४क.१.१३, ४क.१.१४ र ४क.१.१६ बमोजिमका सदस्य र सदस्य–सचिव र दफा ७ का उपदफा ७.२.४, ७.२.६ र ७.२.७ बमोजिमका सदस्य र सदस्य–सचिव
–आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४४ को दफा २.३ का उपदफा २.३.१.१, २.३.१.२ र २.३.१.५ बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा ३.१ का उपदफा ३.१.१ बमोजिम नियुक्त रजिस्ट्रार
–काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा १७ बमोजिम नियुक्त विकास आयुक्त र दफा २३ (२) बमोजिमको पुनरावेदन समितिको अध्यक्ष र सदस्यहरू
–बीउ बिजन ऐन, २०४५ को दफा ३ का उपदफा ३.२.७, ३.२.८, ३.२.९ र ३.२.१० बमोजिमका सदस्यहरू
–नेपाल खानेपानी संस्थान ऐन, २०४६ को दफा ८.१ का उपदफा ८.१.५, ८.१.६ र ८.१.७ बमोजिमका सदस्यहरू तथा दफा ११.१ र ११.२ बमोजिम नियुक्त अध्यक्ष र महाप्रबन्धक
–नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ७ को उपदफा (१) को खण्ड (क) र (छ) बमोजिमका सदस्य र सदस्य–सचिव र दफा १५ बमोजिमको प्रशासकीय प्रमुख
–नागरिक लगानी कोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) को खण्ड (क) र (छ) बमोजिमका सञ्चालक र दफा ४२ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ को उपदफा (१) को खण्ड (क), (घ), (ङ), (च) र (छ) बमोजिम मनोनीत अध्यक्ष तथा सदस्यहरू
–नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा १२ (१) को खण्ड (ङ), (च), (छ), (ज), (ज१), (ज३) र (ज४) बमोजिमका प्राज्ञ सभाका सदस्यहरू, दफा १५ (१) को खण्ड (ख) बमोजिमका सदस्य, दफा १८ (१) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्य, दफा १९ बमोजिम नियुक्त उपकुलपति र दफा २० बमोजिम नियुक्त सचिव
–नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ को दफा ६ (१) को खण्ड (झ), (ञ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, दफा ७ (१)
को खण्ड (छ) बमोजिमका सदस्य र दफा १३ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ को दफा ७ (१) को खण्ड
(३) र (४) बमोजिमका सदस्य र दफा १३ बमोजिम नियुक्त
कार्यकारी निर्देशक
–काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा ४ (१) का खण्ड (झ), (ञ), (ठ), (ण), (त) र (थ) बमोजिमका सदस्यहरू, दफा ६ (१) का खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा ८ (१) का खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १४ बमोजिम नियुक्त उपकुलपति र दफा १२ बमोजिम नियुक्त रजिस्ट्रार र दफा १३ बमोजिम नियुक्त डिन
–राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ को दफा ६ (१) का खण्ड (ङ), (च), (छ) र (ज) बमोजिमका सदस्यहरू र दफा १४ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ७ (१) का खण्ड (झ), (ञ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, दफा १० (२) को खण्ड (ख) बमोजिमका सदस्यहरू, दफा ११ख. बमोजिम नियुक्त उपकुलपति र दफा ११ग. बमोजिम नियुक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक
–आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ को दफा ४ (२) का खण्ड (झ), (ञ), (ट) र (ठ) बमोजिमका सदस्य र सदस्य–सचिव
–स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ को दफा १२ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–समाज कल्याण ऐन, २०४९ को दफा ५ (२) का खण्ड (ख), (ग), (घ), (ङ) र (च) बमोजिमका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य र सदस्य–सचिव
–त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा ७ (२) बमोजिमका निर्वाचित तथा पदेन सदस्यहरू बाहेकका विश्वविद्यालय सभाका सदस्यहरू, दफा ११ (१) का खण्ड (च), (छ), (ज), (झ), (ञ) र (ण) बमोजिमका सदस्यहरू, दफा १३ (१) का खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १५ (१) का खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा १८ बमोजिम नियुक्त उपकुलपति, दफा १९ बमोजिम नियुक्त शिक्षाध्यक्ष र दफा २० बमोजिम नियुक्त रजिस्ट्रार
–विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ५ (१) का खण्ड (क), (ख), (ग) र (छ) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १३ बमोजिम नियुक्त सचिव
–नेपाल स्काउट ऐन, २०५० को दफा ७ (२) का खण्ड (ञ) र (ट) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (घ) बमोजिमका सदस्यहरू, दफा १६ बमोजिमको प्रमुख आयुक्त, दफा १७ बमोजिम सह–प्रमुख आयुक्त र दफा १८ बमोजिमका आयुक्तहरू
–पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा ७ (२) का खण्ड (झ), (ञ), (ट), (ठ), (ड), (ढ), (ण) र (प) बमोजिमका सदस्यहरू, दफा १० (१) का खण्ड (घ), (ङ), (ज), (झ) र (ञ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १२ (१) का खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरू, दफा १४ (१) का खण्ड (क), (ख), (ग), (घ) र (छ) बमोजिमका अध्यक्ष र सदस्य, दफा १९ (१) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २७ बमोजिम नियुक्त डिन
–श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ को दफा ११ (१) का खण्ड (क), (च), (छ) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू
–नेपाल नर्सिङ परिषद् ऐन, २०५२ को दफा ४ (१) का खण्ड (क), (ख), (च), (छ), (झ), (ञ), (ठ) र (ड) बमोजिमका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू र दफा १३ बमोजिम नियुक्त रजिस्ट्रार
–नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को दफा ७ (३) को खण्ड (ग), दफा १५क. को उपदफा (१) को खण्ड (क), (ख), (ग) र (घ) र दफा १५घ. को उपदफा (२) को खण्ड (क), (ख) र (ग) बमोजिमका अध्यक्ष तथा सदस्यहरू
–नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा ४ (१) को खण्ड (क) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १३ बमोजिम नियुक्त रजिस्ट्रार
–बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ (१) को खण्ड (क), (ख), (छ) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १२ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा ७ (२) को खण्ड (ङ), (छ), (ज), (ट), (ठ), (त), (थ), (द) र (न) बमोजिमका सदस्यहरू, दफा १० (१) को खण्ड (घ), (छ), (ज), (झ) र (ञ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १२ (१) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा १४ का उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २६ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २७ बमोजिम नियुक्त डिन
–दूरसञ्चार ऐन, २०५३ को दफा ५ बमोजिम नियुक्त दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्यहरू
–नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १३ (१) का खण्ड (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू
–नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ (२) का खण्ड (ख) र (छ) बमोजिमका उपाध्यक्ष र सदस्यहरू र दफा १४ बमोजिम नियुक्त कार्यकारी प्रमुख
–नगर विकास कोष ऐन, २०५३ को दफा १४ (२) को खण्ड (ङ) र (ङ१) बमोजिमका सदस्यहरू र दफा १८ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ को दफा ६ (३) का खण्ड (च), (छ) र (ज) बमोजिमका सदस्यहरू र दफा ९ बमोजिमको कार्यकारी निर्देशक
–अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४ को दफा ९ (१) को खण्ड (छ) बमोजिमको सदस्य र दफा ११ (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू
–भवन ऐन, २०५५ को दफा ३ (२) को खण्ड (ज) बमोजिमका सदस्यहरू
–नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा ५ (१) को खण्ड (क), (ख), (ग), (घ), (छ१) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा २७ बमोजिम नियुक्त रजिस्ट्रार
–नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को दफा ५ (१) को खण्ड (क) र (ग) बमोजिमका सदस्यहरू
–बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०४२ को दफा ५ (१) को खण्ड (क), (छ), (ज) र (झ) बमोजिमका अध्यक्ष र सदस्यहरू, दफा ९ (१) का खण्ड (क) र (ख) बमोजिमका सदस्यहरू र दफा १७ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७ को दफा ७ (१) का खण्ड (क), (ख), (छ), (ज) र (ञ) बमोजिमका सदस्यहरू र दफा ११ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–नेपाल फार्मेसी परिषद् ऐन, २०५३ को दफा ४ (१) को खण्ड (क), (ख), (च), (छ) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू
–आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा ७ (१) का खण्ड (ग), (छ), (ज), (झ) र (ञ) बमोजिमका उपाध्यक्ष, सदस्य र सदस्य–सचिव र दफा १० (१) को खण्ड (ख) बमोजिमको सदस्य
–सडक बोर्ड ऐन, २०५८ को दफा ८ (२) का खण्ड (ञ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू
–धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ३ (२) को खण्ड (छ)
बमोजिमको सदस्य
–प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को दफा १२ (२) को खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरू
–विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० बमोजिमको सूचना प्रविधि न्यायाधिकरणका अध्यक्ष तथा सदस्यहरू र दफा ६६ बमोजिमको पुनरावेदन न्यायाधिकरणका अध्यक्ष तथा सदस्यहरू
–लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ को दफा ७ (२) को खण्ड (च), (छ), (ण), (द), (ध), (न) र (प) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १२ (२) का खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा २१ बमोजिम नियुक्त उपकुलपति, दफा २३ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २४ बमोजिम नियुक्त डिन
–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा ७ (२) का खण्ड (घ), (ङ), (त), (थ) र (ध) बमोजिमका सदस्यहरू, दफा ९ (२) का खण्ड (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू, दफा १३ बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्यहरू, दफा १८ बमोजिम नियुक्त उपकुलपति र दफा १९ बमोजिम नियुक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र डिन
–सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४८ बमोजिम गठित पुनरावलोकन समितिका अध्यक्ष र सदस्यहरू
–सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ११ बमोजिम नियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तहरू
–वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ (१) का खण्ड (ठ), (ड),
(ण) र (त) बमोजिमका सदस्यहरू र दफा ४१ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ को दफा ३ (१) को
खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरू
–नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ७ (१) को खण्ड (घ)
बमोजिमको सदस्य
–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ (१) को खण्ड (क), (ट), (ठ), (ड), (ढ), (ण), (त) र (थ) बमोजिमका सदस्यहरू, दफा ९ को उपदफा (२) को खण्ड (ख), (ग), (घ) र (ङ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा ११ को उपदफा (२) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १३ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २० बमोजिम नियुक्त उपकुलपति, दफा २१ बमोजिम नियुक्त शिक्षाध्यक्ष, दफा २२ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २३ बमोजिम नियुक्त डिन र दफा २४ बमोजिम नियुक्त निर्देशक
–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ (२) को खण्ड (छ) बमोजिमका सदस्य, दफा ११ (२) को खण्ड (ग) बमोजिमका सदस्य र दफा २१ बमोजिम नियुक्त कुलपति, उपकुलपति र सचिव
–नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ (२) को खण्ड (छ) बमोजिमका सदस्य, दफा ११ (२) को खण्ड
(ग) बमोजिमका सदस्य र दफा २१ बमोजिम नियुक्त कुलपति, उपकुलपति र सचिव
–नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ (२) को खण्ड (छ) बमोजिमका सदस्य, दफा ११ (२) को खण्ड (ग) बमोजिमका सदस्य र दफा २१ बमोजिम नियुक्त कुलपति, उपकुलपति र सचिव
–सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा ७ (२) का खण्ड (च), (छ), (झ), (ञ), (त) र (प) बमोजिमका सदस्यहरू, दफा १० (१) का खण्ड (घ), (ङ), (च), (छ) र (ज) बमोजिमका सदस्य र सदस्य सचिव, दफा १२ (२) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा २१ (२) का खण्ड (क) र (ग) बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २६ बमोजिम नियुक्त डिन
–मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा ७ (२) का खण्ड (च), (ठ), (ङ), (ध), (न) र (प) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (घ), (ङ), (च), (छ) र (ज) बमोजिम सदस्य र सदस्य–सचिव, दफा १२ (१) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरू, दफा २१ (२) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र
सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २६ बमोजिम नियुक्त डिन र दफा २७ बमोजिम नियुक्त निर्देशक
–कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ को दफा ७ (२) को खण्ड (छ), (ञ), (प), (ब) र (भ) बमोजिमका सदस्यहरू, दफा १० (२) को खण्ड (घ), (ङ) र (ज) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १२ (२) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरू, दफा २१ (२) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २६ बमोजिम नियुक्त डिन र दफा २७ बमोजिम नियुक्त निर्देशक
–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ को दफा ७ (२) का खण्ड (ङ), (झ), (ञ), (ट), (ठ), (ण), (त), (थ) र (द) बमोजिमका सदस्यहरू, दफा ९ (२) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा ११ (२) का खण्ड (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्यहरू, दफा १३ (१) का खण्ड (क) र (ग) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा २० बमोजिम नियुक्त उपकुलपति, दफा २१ बमोजिम नियुक्त शिक्षाध्यक्ष, दफा २२ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २३ बमोजिम नियुक्त डिन र दफा २४ बमोजिम नियुक्त निर्देशक
–बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिमका बेपत्ता पारिएका
व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरू
–राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ५ (१) को खण्ड (छ), (ज) र (ञ) बमोजिमका सदस्यहरू, दफा ८ (१) को खण्ड (ग) बमोजिमका सदस्यहरू, दफा ११ (२) का खण्ड (क) र (ख) बमोजिमका सदस्य र सदस्य–सचिव र दफा १५ बमोजिम नियुक्त परिषद्को उपाध्यक्ष
–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ को दफा ७ (२) का खण्ड (ङ), (छ), (ञ), (ठ), (ड), (ढ), (ण), (त) र (थ) बमोजिमका सदस्यहरू, दफा ९ (२) को खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा ११ (२) का खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा १३ (१) का खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्य, दफा २० बमोजिम नियुक्त उपकुलपति, दफा २१ बमोजिम नियुक्त डिन र दफा २२ बमोजिम नियुक्त निर्देशक
–नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा ७ (२) का खण्ड (ञ), (ट), (ठ), (ड), (ढ) र (त) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १२ का खण्ड (ख), (ग), (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १८ बमोजिम नियुक्त उपकुलपति, दफा १९ बमोजिम नियुक्त कुल सचिव, दफा २० बमोजिम नियुक्त डिन र दफा २१ बमोजिम नियुक्त निर्देशक
–निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ८ (२) का खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरू र दफा ४९ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत
–विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा २२ बमोजिम नियुक्त
कार्यकारी निर्देशक
–श्रम ऐन, २०७४ को दफा १०२ (१) का खण्ड (ट) र (ठ) बमोजिमका सदस्यहरू
–योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २९ (१) का खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरू र दफा ४२ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३ (२) को खण्ड (झ) बमोजिमका सदस्यहरू र दफा ११ बमोजिमको
कार्यकारी प्रमुख
–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ को दफा ७ (२) का खण्ड (ङ), (ञ), (ठ), (ण), (त), (थ), (द) र (ध) बमोजिमका सदस्यहरू, दफा ९ (२) का खण्ड (ख), (छ), (ज) र (झ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा ११ (२) का खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यहरू, दफा १९ बमोजिम नियुक्त उपकुलपति, दफा २० बमोजिम नियुक्त शिक्षाध्यक्ष, दफा २१ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २२ बमोजिम नियुक्त डिन र दफा २३ बमोजिम नियुक्त निर्देशक
–स्वास्थ्य बिमा ऐन, २०७४ को दफा १३ (२) का खण्ड (क), (घ) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा २० बमोजिमको
कार्यकारी निर्देशक
–राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४ को दफा ७ (२) का खण्ड (च), (ट), (ठ), (ढ), (थ), (द), (ध) र (न) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १२ (२) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा २१ (२) का खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २६ बमोजिम नियुक्त डिन, र दफा २७ बमोजिम नियुक्त निर्देशक
–अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को
दफा ३८ (२) का खण्ड (क१), (थ), (द), (द१) र (ध) बमोजिमका उपाध्यक्ष र सदस्यहरू
–विद्युत् नियमन आयोग, २०७४ को दफा ५ बमोजिम नियुक्त आयोगका अध्यक्ष तथा सदस्यहरू
–सहकारी ऐन, २०७४ को दफा १०३ग (१) को खण्ड (क), (घ) र (ङ) बमोजिम नियुक्त अध्यक्ष र सदस्यहरू र दफा १०५ (२) का खण्ड (क), (ख), (घ) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू
–सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ (२) को खण्ड (ञ) बमोजिमका सदस्यहरू र दफा १२ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत
–जनस्वास्थ्य ऐन, २०७५ को दफा ५० (२) का खण्ड (घ), (थ), (द), (ध) र (न) बमोजिमका सदस्यहरू
–नेपाल मेडिकल काउन्सिल ऐन, २०७५ को दफा ४ का खण्ड (क), (घ), (ङ), (ज) र (झ) बमोजिमका अध्यक्ष र सदस्यहरू
–राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५ (१) का खण्ड (घ), (च), (त), (थ), (द) र (न) बमोजिमका सदस्यहरू, दफा ८ (२) को खण्ड (ग) बमोजिमका सदस्यहरू, दफा २२ बमोजिम नियुक्त आयोगको उपाध्यक्ष र दफा २९ बमोजिम नियुक्त निर्देशक
–जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ११ (२) का खण्ड (च) र (छ) बमोजिमका सदस्यहरू
–वातावरण संरक्षण ऐन, २०७६ को दफा ३२ (२) का खण्ड (च) र (छ) बमोजिमका सदस्यहरू
–औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २० (१) को खण्ड (ण) बमोजिमका सदस्यहरू
–भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ञ) बमोजिमका सदस्यहरू
–विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १४ (१) का खण्ड (क), (ङ) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू
–रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ को दफा ६ (१) को खण्ड (ठ) बमोजिमका सदस्यहरू
–राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ का दफा ३ (२) का खण्ड (ख), (ज), (ट), (ठ), (ड), (ढ), (ण) र (त) बमोजिमका उपाध्यक्ष र सदस्यहरू, दफा १४ (१) का खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू र दफा १७ बमोजिम नियुक्त सदस्य–सचिव
–विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ को दफा ७ (२) का खण्ड (घ), (ज), (झ), (ञ), (ञ१), (ञ२) र (ढ) बमोजिमका सदस्यहरू, दफा १३ (२) का खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १५ (२) का खण्ड (ग), (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा २७ नियुक्त उपकुलपति, दफा ३१ बमोजिम नियुक्त रजिस्ट्रार, दफा ३६ बमोजिम नियुक्त डिन, दफा २५ बमोजिम नियुक्त परीक्षा नियन्त्रक, दफा ३८ बमोजिम नियुक्त निर्देशक र दफा ४२ (३) को खण्ड (ग) बमोजिमको सदस्य–सचिव
–बिमा ऐन, २०७९ को दफा ६ (१) का खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू
–प्रत्यायन ऐन, २०७९ को दफा ६ (१) का खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरू र दफा २३ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–नेपाल रेल्वे ऐन, २०७९ को दफा ५ (२) का खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरू र दफा ५६ बमोजिम नियुक्त रेल्वे प्रशासक
–पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ को दफा ५ (१) का खण्ड (क), (ग) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू
–मदन भण्डारी विश्वविद्यालय ऐन, २०७९ को दफा ७ (२) का खण्ड (ङ), (च), (छ), (ज), (झ), (ट) र (ठ) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा ११ (२) का खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू र दफा १२ बमोजिम नियुक्त अध्यक्ष
–खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ५ (१) को खण्ड (छ), (ज), (झ) र (ट) बमोजिमका सदस्यहरू
–सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को दफा ७ (२) का खण्ड (छ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (ग), (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू, दफा १२ (२) का खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा २५ (७) बमोजिम नियुक्त उपकुलपति र रजिस्ट्रार, दफा ३० बमोजिम नियुक्त डिन, दफा ३२ बमोजिम नियुक्त प्रिन्सिपल, दफा ३३ बमोजिम नियुक्त अस्पताल निर्देशक र दफा ३७ (२) को खण्ड (क) बमोजिम मनोनीत पदपूर्ति समितिको संयोजक
–सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा ६ (१) को खण्ड (छ) बमोजिमका सदस्यहरू र दफा १८ बमोजिम नियुक्त कार्यकारी निर्देशक
–सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को दफा ६ (२) का खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यहरू र दफा ८ (१) का खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्यहरू
