रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरणमा पाए सफाइ 

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई दोषी ठहर गर्ने सरकारी वकिलको दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

वैशाख २०, २०८३

दुर्गा दुलाल

Ram Bahadur Bamjan acquitted in money laundering case

काठमाडौं — जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरणमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । गत ८ बैशाखमा जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो । 

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई दोषी ठहर गर्ने सरकारी वकिलको दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । उनीविरुद्ध ८ करोड ५९ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।  यसअघि उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्पक्षका लागि थुनामा थिए ।

उनीविरुद्ध सर्वोच्च अदालतमा बाल यौन दुरुपयोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । उच्च अदालतबाट सफाइ पाएछि सरकारले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully