सुकुमवासी बस्ती हटाउने क्रममा बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बामा पनि डोजर चलाइयो

गुम्बाका अध्यक्ष कपुरे तामाङले भने- 'कम्तीमा बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आग्रह गरेका थियौं, भन्दाभन्दै डोजर चलाए, बुद्धको मूर्ति लथालिङ्ग छ ।'

वैशाख १८, २०८३

दया दुदराज

During the process of clearing the squatter settlements, a bulldozer was also used at Sange Choiling Monastery in Balkhu.

काठमाडौँ — सुकुमवासी बस्ती हटाउने क्रममा सरकारले बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काएको छ । सुकुमवासी बस्तीको बीचमा रहेको गुम्बामा शुक्रबार बिहान डोजर चलाइएको हो ।

'कम्तीमा बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आग्रह गरेका थियौं, भन्दाभन्दै डोजर चलाए, बुद्धको मूर्ति यसरी लथालिङ्ग छ,' गुम्बाका अध्यक्ष कपुरे तामाङले कान्तिपुरसँग भने । गुम्बा २०७८ कात्तिक १३ गते दर्ता भएको उनले बताए । 

During the process of clearing the squatter settlements, a bulldozer was also used at Sange Choiling Monastery in Balkhu.

बस्तीकै बीचमा रहेको साझा पेट्रोल पम्प जोगाएर अन्य टहरा भत्काइएको छ ।

काठमाडौंका खोला किनारका 'अव्यवस्थित बस्ती हटाउने' क्रममा सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट क्षेत्रमा डोजर चलाएको हो ।

During the process of clearing the squatter settlements, a bulldozer was also used at Sange Choiling Monastery in Balkhu.

बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजसम्मको सूचना दिएर बस्ती खाली गराउन भनेको थियो। उक्त सूचनापछि धेरैले आफैं घरटहरा खाली गर्न थालेका थिए ।

यसअघि जस्तै बाक्लो सुरक्षा घेराबीच डोजर चलाएर बस्तीहरू भत्काउन थालिएको हो । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी लगायत खटिएका छन् ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully