डेढ वर्षकी छोरी काखमा च्याप्दै बसाइँ सरे बलामी दम्पती

नुवाकोटबाट काठमाडौं आएका बलामी दम्पतीले सटरसहितको एक कोठाका लागि मासिक १५ हजार रुपैयाँ तिर्दै आएका थिए। अब भने माछापोखरी क्षेत्रमा सटरसहितको एक कोठा ३० हजार रुपैयाँ भाडामा लिएर बसाइँ सर्दैछन्।

वैशाख १८, २०८३

विवेक पोख्रेल

Balamian couple migrates with one and a half year old daughter in their arms

What you should know

काठमाडौँ — बिहान ८ बजेको छ। सुन्तली बलामी आफ्नो छोरीलाई राम्रोसँग खान खुवाउन भ्याइसकेकी छैनन्। तर, उनलाई छिटोभन्दा छिटो आफू बसिरहेको घर छोडेर हिँड्नुपर्ने छ।

जिल्ला प्रशासन काठमाडौंले बिहीबार खोलाकिनारमा रहेका घरटहरा हटाउनुपर्ने भन्ने सूचना निकालेलगत्तै अहिले धेरैलाई बस्ती छाड्न भ्याइनभ्याइ छ।

बालाजुको नयाँ बसपार्क नजिकको बुद्धज्योति मार्गमा बस्ने सुन्तलीलाई पनि यस्तै चटारो छ।

ढिला गरे डोजर आएर घर भत्काउने र निकाल्न मिल्ने सामानसमेत जोगाउन नसकिने भयबीच उनले डेढ वर्षकी छोरी काखमा च्याप्दै बच्चाका कपडा र भान्साका सामान मिलाउँदै थिइन्Balamian couple migrates with one and a half year old daughter in their armsसधैंका लागि उक्त स्थान छाड्न लागेकी उनलाई श्रीमान् सोमलाल बलामीले पनि सघाइरहेका थिए। गह्रौं सामान उठाउँदै छेउमै राखिएको गाडीमा राख्दै थिए।

‘७ वर्षदेखि यही ठाउँमा पसलसहितको एउटा कोठा भाडामा लिएर बसेका थियौं,’ सोमलालले भने, ‘सरकारले डोजर लगाउने भनेपछि छाड्नुपरेको हो।’

नुवाकोटबाट काठमाडौं आएका बलामी दम्पतीले सटरसहितको एक कोठाका लागि मासिक १५ हजार रुपैयाँ तिर्दै आएका थिए। अब भने माछापोखरी क्षेत्रमा सटरसहितको एक कोठा ३० हजार रुपैयाँ भाडामा लिएर बसाइँ सर्दैछन्। उनीहरूका डेढ वर्ष, ७ वर्षका छोरी र १० वर्षका छोरा छन्। उनीहरूले मासु पसल चलाएर जीविकोपार्जन गर्दै आएका थिए।

‘तीन दिनअघि बस्ती खाली गर्न आएको सूचनाले मानसिक रूपमा तनावमा परेको थियो। डोजर चल्ने आशंकापछि वरपरका घर भत्किन थालेपछि बालबालिकासमेत त्रसित भएका थिए,’ सुन्तलीले भनिन्, ‘नजिकै कोठा पाएका छौं, बिस्तारै सबै ठीक होला।’

सरकारले गत शनिबारदेखि काठमाडौंका विभिन्न स्थानका सुकुमवासी बस्तीमा डोजर चलाउन थालेपछि प्रायः स्थानीयहरू वैकल्पिक व्यवस्थापन गर्दै बसाइँसराइ गर्न थालेका छन्।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully