सुधन गुरुङमाथि छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ : रास्वपा सभापति लामिछाने

सम्पत्ति विवरण सार्वजनिक गरेपछि विवादमा तानिएका गृहमन्त्री गुरुङले वैशाख ९ मा पदबाट राजीनामा दिएका थिए ।

वैशाख १६, २०८३

कान्तिपुर संवाददाता

The investigation process against Sudhan Gurung will begin soon: RSP President Lamichhane

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङमाथि छानबिनको प्रक्रिया चाँडै सुरु हुने बताएका छन् ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त धारणा राखेका हुन् । 'उहाँ आफैंले नैतिकता देखाएर छानबिन गरियोस् भन्नुभएको हो,’ उनले भने, 'कुन प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा चाहिँ तपाईंहरुलाई चाँडै थाहा हुन्छ ।’

सम्पत्ति विवरण सार्वजनिक गरेपछि विवादमा तानिएका गृहमन्त्री गुरुङले वैशाख ९ मा राजीनामा दिएका थिए । गुरुङ गोरखा १ मा रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।  

कान्तिपुर

Link copied successfully