बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले पीडित भनिएकी युवतीको रिट निवेदन खारेज गर्दै सरकारी वकिल कार्यालयको निर्णय सदर गरेको हो ।
काठमाडौँ — उच्च अदालत पाटनले एमालेका सांसद ऐनबहादुर महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गरेको छ ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले पीडित भनिएकी युवतीको रिट निवेदन खारेज गर्दै सरकारी वकिल कार्यालयको निर्णय सदर गरेको हो ।
एमाले सांसद महरले आफूमाथि जबरजस्ती करणी र यौनशोषण गरेको दाबी गर्दै एक युवतीले प्रहरी र सरकारी वकिल कार्यालयमा निवेदन दिएकी थिइन्।