अध्यादेश जारी गर्ने बारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन समेत सुरु गरिसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौं — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश सिफारिस गरेको छ । संवैधानिक परिषद्सम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको एक मन्त्रीले जानकारी दिएका छन् ।
अध्यादेश जारी गर्ने बारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन समेत सुरु गरिसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानन्यायाधीशको नियुक्ति र अन्य संवैधानिक नियुक्तीका लागि कानुनी अड्चन देखिएपछि सरकारले सिफारिस गरेको हो । यस्तै, सहकारीसम्बन्धी अध्यादेश सहकारी समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्न समस्या भएपछि सिफारिस भएको हो ।