सुकुमवासीलाई राखिएको कीर्तिपुरस्थित अस्थायी आश्रयस्थलमा जे देखियो

४७ घरधुरीका विस्थापित सुकुमवासीहरूलाई राखिएको कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यास नेपालभित्र बिहान ९ बजे पुग्दा देखिएको दृश्यले विस्थापितको व्यवस्थापन सरकारले कसरी गरिरहेको छ भन्ने बुझाउँछ ।

वैशाख १४, २०८३

विशाल कार्की

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

What you should know

काठमाडौँ — कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यास नेपालभित्र सोमबार बिहान ९ बजे पुग्दा आश्रय लिइरहेका विस्थापित सुकम्बासीहरू आ-आफ्नो राखनधरन मिलाउँदै थिए । कतिपय भने असरल्ल छरिएका सामानहरू यताउति पार्दै थिए । धेरैजसो भने सिमेन्टको भुइँमाथि बिछ्याएको म्याटमाथि बनाइएको बिस्तारामा बसिरहेका थिए । 

शनिबार बिहानै काठमाडौंका थापाथली, मनोहरा, गैरीगाउँ र शान्तिनगरस्थित सकुम्बासी बस्तीमा सरकारले डोजर चलायो । त्यहाँबाट विस्थापित भएका सकुम्बासीहरूलाई सरकारले नै विभिन्न स्थानका अस्थायी सेल्टरमा राखेको छ । तिनैमध्येको एक थियो, कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यास नेपाल ।  जहाँ ४७ घरधुरीका व्यक्तिलाई राखिएको छ । 

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

सोमबार बिहान ९ बजेतिर त्यहाँ पुग्दा काम परेर बाहिर गएकाहरू भित्र छिर्नका लागि नाम टिपाइरहेका थिए । नेपाल प्रहरीका दुई जवान गेटमा बसेर नाम र समय टिपिरहेका थिए । काठमाडौं महानगरपालिकाले २ जना महिला कर्मचारीले सफाइका लागि आइपुगेका थिए । भित्र छिर्नलाई प्रहरीले केरकार गरिरहेको देखिन्थ्यो । विस्थापित असन्तुष्टहरूले भित्रैझैँ झगडा गर्न वा विरोध गर्न सक्छन् भनेर महानगरपालिकाले भित्रै चार जना महानगर प्रहरी खटाएको रहेछ । 

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

सेल्टरभित्र जस्तापाताले छाएको, तर पर्खाल नभएको खुला टहरोमा विस्थापित सुकुम्बासीहरूलाई बस्ने व्यवस्था गरिएको रहेछ । परिवारहरूको राखनधरन र सुत्ने ठाउँ छुट्याउने कुनै बारबेरा भने त्यहाँ देखिन्न । टहराको बाहिर भने आधा छोपिने खालको कपडाको बेरा लगाइएको छ । एक अर्काको गोपनीयताको ख्याल नराखिएको भन्नेमा भने कतिपयको असन्तुष्टि जनाए । 

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

काठमाडौं महानगरपालिकाले खटाएका २ जना डाक्टरले त्यहाँभित्र बसेकाहरूको स्वास्थ्य जाँच गरिरहेको थियो । केही व्यक्तिहरूले भने विस्थापित परिवारका बालबालिकालाई विभिन्न मनोरञ्जनात्मक खेल खेलाइरहेका थिए । पानी र शौचालयको राम्रो व्यवस्था रहेको देखियो । महानगरबाट खटिएका सफाइ कर्मचारीले सफाइको कमी हुन नदिएको देखियो । 

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

विस्थापितहरू राखेको ठाउँमा सञ्चारकर्मीहरूलाई छिर्न कडिकडाउ गरिएको छ । भित्रै रहेका केही सकुम्बासीका प्रतिनिधिले व्यक्तिगत गोपनीयता कायम नराखेको भन्दै सञ्चारकर्मीहरूसँग असन्तुष्टि सुनाए । 

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

खम्बसिंह बुढाथोकी आज बिहान बुटवलबाट काठमाडौं फर्केका थिए । एक महिना अघि उनी मजदुरी काम गर्न उनी त्यहाँ पुगेका रहेछन् । तर, थापाथलीस्थित सकुम्बासी बस्तीमा रहेको घर भत्काएको सुनेपछि उनी हान्निएर काठमाडौं फर्केका थिए । उनको परिवारका सदस्यहरू बुहारी र नाति कीर्तिपुरकै आश्रयस्थलमा ल्याइएको रहेछ ।  २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पनि थापाथलीस्थित सकुम्बासी बस्तीमा रहेको आफ्नो घर भत्काइदिएको सुनाउँदै उनले नातिको पढाइ छुट्ने हो कि भन्ने चिन्ता सुनाए । उनले भने, 'सरकारले कहाँ राख्ने हो छिटो भन्नुपर्‍यो । नत्र नातिको पढाइ छुट्छ ?' 

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

खम्बले बिहान सरकारले नै दिएको दालभात खाएको सुनाए । उनले सरकारले अब कसरी व्यवस्थापन गर्ने हो र सरकारले भनेको अपार्टमेन्टमा आफूहरूले भाडा नै तिर्नुपर्ने हो कि नि:शुल्क हो भन्ने विषय आफूले राम्ररी बुझ्न नसकेको बताए । भने, 'कोठा लिएर बस्न सकिन्न । सरकारले राख्ने भनेको ठाउँमा पनि पैसा तिर्न पर्ने हो भने त म सक्दिनँ ।'

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

सुरक्षामा खटिएका कर्मचारीहरूले काम विशेषले बाहिर निस्केका विस्थापित परिवारका सदस्यलाई अनुशासनका नियमहरू सुनाइरहेको देखिन्थ्यो । बाहिर निस्कँदा पनि नाम र निस्केको समय लेखाउनुपर्ने कुराबाट विस्थापितहरू असन्तुष्ट देखिन्थे । २२ वर्षका एक युवा बाहिर निस्कनै लागेको बेला एक सुरक्षाकर्मीले नियम सम्झाउँदै भने, 'बेलुका ६ बजेभित्र छिरिसक्नुपर्छ नि ।' सुरक्षाकर्मीको यस्तो कुराले उनी झोक्किए । रिसाएको स्वरमा भने, 'त्योभन्दा पनि अघि नै आउँछु ।'

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

What was seen at the temporary shelter in Kirtipur where squatters were housed

विशाल

Link copied successfully