व्यवसायी शेखर गोल्छाविरुद्ध ३ दिन म्याद थप

जिल्ला अदालत काठमाडौंले सोमबार अनुसन्धानका लागि गोल्छालाई थप ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

वैशाख १४, २०८३

कान्तिपुर संवाददाता

Remand against businessman Shekhar Golchha extended by 3 days

काठमाडौँ — धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका व्यवसायी शेखर गोल्छाविरुद्ध ३ दिन म्याद थप गरिएको छ । 

जिल्ला अदालत काठमाडौंका न्यायाधिश दण्डपाणी लामिछानेको इजलासले सोमबार गोल्छालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई नक्साल क्षेत्रबाट बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । 

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो । 

गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । 

विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ । 

कान्तिपुर

Link copied successfully