मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरबाट नहट्ने संकेत पनि गरेका छन् ।
काठमाडौँ — सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।
आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले केन्द्रलाई व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
यस्तै, बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने निर्णय पनि गरेको छ । बैठकले सशस्त्र प्रशासन तथा मानव स्रोत विभाग प्रमुख पौडेललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरबाट नहट्ने संकेत पनि गरेका छन् । क्रिकेट एशोसियसनसँग सम्झौता सकिए पनि पुन: भाड सम्झौता हुनसक्ने उनको भनाइ छ ।
