भूमि मन्त्रालय मातहतका कार्यक्रम अब होटल तथा रिसोर्टमा गर्न नपाइने

मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालयभित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ ।

वैशाख १४, २०८३

इकान्तिपुर डेस्क

Programs under the Ministry of Lands will no longer be allowed to be held in hotels and resorts

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालयभित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ । 

मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग  तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो । 

महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनारलगायतका कार्यकमहरू होटेल तथा रिसोर्टमा नगरी आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्ने छ । 

यस्तो छ मन्त्रालयले परिपत्र Programs under the Ministry of Lands will no longer be allowed to be held in hotels and resorts

इकान्तिपुर

Link copied successfully