सुकुमवासी अगुवा प्रहरी नियन्त्रणमा

सरकारले सुकुमवासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा उत्रिएका थिए ।

वैशाख ११, २०८३

विवेक पोख्रेल

Sukum village leader under police control

काठमाडौँ — प्रहरीले एक सुकुमवासी अगुवालाई नियन्त्रणमा लिएको छ । थापाथलीबाट संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारले थापाथली लगायतका सुकुम्बासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा उत्रिँदै सरकारको विरोध गरिरहेका थिए । अहिले केही सुकुम्बासी, जेन-जी अभियन्ता र सरोकारवालाहरू दबाब दिन रास्वपा पार्टी कार्यालय हिँडेका छन् । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully