त्रासमा छ सुकुमवासी बस्ती

बस्ती खाली गराउने भएपछि केहीले भने टहरोका सामानहरु लोड गरेर सारिरहेका छन् । केही अन्योलमा छन् भने धेरै त्रसित अवस्थामा छन् ।

वैशाख ११, २०८३

विवेक पोख्रेल

Slum dwellers in fear

काठमाडौँ — सरकारले सुकुमवासी बस्ती हटाउने भएपछि त्यसको सुकुमवासीहरू विरोधमा उत्रिएका छन् । आज बिहानैदेखि उनीहरुले सरकारको निर्णयको विरोध गर्दै थापाथलीमा प्रदर्शन गरेका छन् ।

डोजर आतंक बन्द गर्नुपर्ने भन्दै उनीहरुले आवासको हक सुनश्चित गर्न आग्रह गरेका छन् । उनीहरुलाई साथ दिन केही जेनजी अभियता र सरोकारवाला थापाथली पुगेका छन् ।

बस्ती खाली गराउने भएपछि केहीले भने आफ्नो टहरोका सामानहरु लोड गरेर सारिरहेका छन् । केही अन्योलमा छन् भने धेरै त्रसित अवस्थामा छन् ।

Slum dwellers in fear

बस्तीमा यतिबेला बेग्लै दृश्य देखिएको छ । कोही सामान मिलाउँदै छन् भने कोही यहीँ खाना पकाउने तयारीमा देखिन्छन् । 'कतिजना डेरा खोज्न हिँड्नुभएको छ, धेरैको लथालिंग अवस्था छ,' पीडित रेनु राईले भनिन्, 'हामीले त कोठा पनि पाएका छैनौं । हामीमाथि सरकारको यो ज्यादती हो ।'

बिहीबार साँझ नै प्रहरीले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका सुकुमवासी बस्ती खाली गराउनका लागि माइकिङ गरेको थियो ।

Slum dwellers in fear

अहिले भरखरै केही सुकुमवासी, जेनजी अभियन्ता र सरोकारवाला दबाब दिनका लागि रास्वपा पार्टी कार्यालयतर्फ हिँडेका छन् । प्रहरीले सुकुमवासी संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका अध्यक्ष नारायण परिश्रमीलाई नियन्त्रणमा लिएको छ । अहिले यहाँ करिब ३५-४० जना प्रहरी खटिएका छन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully