गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिले शुक्रबार उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।
काठमाडौँ — सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिले शुक्रबार उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।
एसएसपी दिगबिजय सुवेदी, किरण बस्तेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की बढुवा सिफारिस भएका हुन् । सिफारिस भएकामा कँडेल नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका र बाँकी सशस्त्र प्रहरीबाट सिसं २ का ब्याजी हुन् ।
