आज पनि घट्यो सुनचाँदीको मूल्य

सुन प्रतितोला १ हजार ८ सय र चाँदी ११० रुपैयाँले घटेको हो ।

वैशाख १०, २०८३

रासस

Gold and silver prices fell today as well

काठमाडौँ — स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ८ सय र चाँदी ११० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ७ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार २० कायम भएको छ ।

बुधबार छापावाल सुन ३ लाख ५ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार १३० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

रासस

Link copied successfully