राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरबारमा अधिवेशन बोलाएका हुन् ।

वैशाख ९, २०८३

कान्तिपुर संवाददाता

President summons session of both houses of Federal Parliament

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। 

राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरबारमा अधिवेशन बोलाएका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बुधबार विज्ञप्तिमार्फत जानकारी दिए ।

President summons session of both houses of Federal Parliament 

कान्तिपुर

Link copied successfully