रास्वपाले सांसदबाट मासिक १५ हजार लेबी लिने

रास्वपा संसदीय दलको बैठकले मन्त्रीबाट मासिक १८ हजार र सांसदबाट मासिक १६ हजार लेबी उठाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रीय समितिबाट परिमार्जन गरिएको हो ।

वैशाख ७, २०८३

कान्तिपुर संवाददाता

Rashtriya Swayamsevak Sangh (RSS) will collect Rs 15,000 monthly levy from MPs.

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूबाट मासिक १५ हजारका दरले लेबी लिने भएको छ ।

रास्वपा केन्द्रीय समितिको सोमबार बसेको बैठकले सांसद, मन्त्री र उनीहरूका स्वकीय सचिवबाट लेबी उठाउने निर्णय गरेको हो । 

रास्वपा प्रवक्ता मनिष झाका अनुसार लेबी परिवर्तन गर्ने निर्णय भएको हो । 'रास्वपाको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ । सांसदबाट १५ हजार, मन्त्रीबाट १८ हजार र स्वकीय सचिवबाट २ हजार रुपैयाँ लेबी (मासिक) लिने निर्णय भएको छ,' झाले भने । 

रास्वपा संसदीय दलको बैठकले मन्त्रीबाट मासिक १८ हजार र सांसदबाट मासिक १६ हजार लेबी उठाउने निर्णय गरेको थियो । उक्त लेबीको निर्णयलाई केन्द्रीय समितिबाट परिमार्जन गरिएको हो । 

कान्तिपुर

Link copied successfully