महिलामाथि प्रहरीको 'दुर्व्यवहार', के हो वास्तविकता ?

एकजना महिलामाथि नगर प्रहरी र नेपाल प्रहरीले घाँटी थिचेर नियन्त्रणमा लिन खोजेजस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । यो घटनाको पृष्ठभूमि के हो र कसरी यो अवस्थाको निर्माण भयो ?

वैशाख ६, २०८३

अर्जुन सुवेदी

What is the reality of police 'abuse' of women?

What you should know

सुनसरी — केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । एक महिलाको घाँटी थिचेको तस्बिर र भिडियो पोस्ट भएपछि नगर प्रहरी र नेपाल प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै आलोचना भइरहेको छ ।

उक्त भिडियो दुहबी नगरपालिका-१० सिमरियाको हो । ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको आरोप लागेपछि घटना विवादमा परेको छ । 

वैशाख २ गते बिहान भएको उक्त घटनालाई लिएर पीडित पक्ष र स्थानीयले ज्यादती भएको बताएका छन् भने नगरपालिका र प्रहरीले आरोप अस्वीकार गरेका छन् । स्थानीय ४५ वर्षीया रामकुमारी चौधरीले आफू १७ वर्षदेखि उक्त स्थानमा टहरा बनाएर बस्दै आएको र घर भत्काउने क्रममा नगर प्रहरी तथा नेपाल प्रहरीले आफूलाई बल प्रयोग गरी लछारपछार गरेको बताउँछिन् । 

What is the reality of police 'abuse' of women?

'धरपकड गर्दा लागेको चोट अहिलेसम्म निको भएको छैन,' उनले कान्तिपुरसँग भनिन् । सामान्य नागरिकमाथि दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा राज्यसंयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइएको छ । रामकुमारीकी छोरी बिनम चौधरीले समेत आफू र आमामाथि दुर्व्यवहार भएको दाबी गरेकी छन् ।

What is the reality of police 'abuse' of women? 'ममीमाथि भएको ज्यादती सम्झिन पनि सक्दिनँ । ममीलाई र मलाई नगरप्रहरी र महिला प्रहरीले लछारपछार गरे, मेरो लुगा समेत च्यातियो,' उनले भनिन् । घटनास्थलमा रहेका स्थानीय अभिजित रामले गरिब तथा निम्न आय भएका नागरिकमाथि अमानवीय व्यवहार भएको आरोप लगाए । 'एक जना महिलामाथि यस्तो व्यवहार हुनु दुःखद हो । राज्यले यस्ता दमन गर्नु हुँदैन थियो, तर गरिबको पक्षमा बोल्ने कोही हुँदैन,' उनले भने । 

१७ वर्षअघि रामकुमारीले ऐलानी जग्गामा रहेको ठूलो खाल्डो पुर्न करिब ५ लाख रुपैयाँ खर्च गरेर टहरा बनाएकी थिइन् । श्रीमान् दुर्घटनामा परी अशक्त बनेपछि घरको सम्पूर्ण जिम्मेवारी आफैंले सम्हाल्दै आएकी छिन् । उनले सानो कुखुरा फार्म सञ्चालन गर्दै तीन सन्तानको पालनपोषण गरिरहेकी छिन् । उनले आफ्नो टहरा रहेको स्थाननजिकै नम्बरी जग्गाबीच दुहबीका मेयर बेदबहादुर गच्छदारको १ कठ्ठा ९ धुर जग्गा रहेको र सो जग्गामा बाटो निकाल्नकै लागि आफ्नो घर भत्काइएको आरोप लगाएकी छन् ।What is the reality of police 'abuse' of women?

तर मेयर गच्छदार भने घटनालाई अतिरञ्जित र दुष्प्रचार गरिएको दाबी गर्छन् । 'कुनै दुर्व्यवहार भएको होइन । उनीहरूले सार्वजनिक जग्गा मिचेर टहरा बनाएका थिए । जब नगर प्रहरीले संरचना भत्काउन खोज्यो, उनी डोजर अगाडि जाने र डोजरमाथि चढ्न खोजेपछि सामान्य बल प्रयोग गरिएको हो,' मेयर गच्छदारले भने । 

What is the reality of police 'abuse' of women?त्यस्तै दुहबी नगरपालिका-१० का वडाध्यक्ष तुलाराम माझी पनि घटना सामान्य नै रहेको दाबी गर्छन् । 'सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरेकाले आवत–जावतमा समस्या भएको थियो । त्यसैले खाली गराइएको हो,' उनले भने । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि घटनाबारे सार्वजनिक भएका फोटो तथा भिडियो ‘भ्रामक रूपमा प्रस्तुत गरिएको’ जनाएको छ । प्रहरीका अनुसार ऐलानी जग्गामा बनेका अवैध संरचना हटाउने क्रममा केही व्यक्ति आक्रोशित बनेर डोजरतर्फ जान खोजेकाले विवाद भएको उल्लेख गरेको छ ।

'सम्भावित दुर्घटनाबाट जोगाउन महिला प्रहरीले रोक्ने प्रयास गरेको हो । समाचारमा उल्लेख भएजस्तो डोरीले रुखमा बाँध्ने जस्तो अमानवीय कार्य गरिएको होइन,' सुनसरी प्रहरीको भनाइ छ । नगरपालिकाले अघिल्लो दिन दुई दिनभित्र संरचना हटाउन सूचना जारी गरे पनि भोलिपल्टै डोजर चलाइएको भन्दै स्थानीयले प्रक्रियामै प्रश्न उठाएका छन् । 

अर्जुन

Link copied successfully