उसले स्पेनी घरेलु कपको उपाधि जितेको यो चौथो पल्ट हो । सेभियामा भएको फाइनल २–२ को बराबरीमा टुंगेपछि पेनाल्टी सुटआउट आवश्यक परेको हो ।
काठमाडौँ — रियल सोसिडाडले एटलेटिको म्याड्रिडलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै शनिबार कोपा डेल रेको उपाधि जितेको छ ।
उसले स्पेनी घरेलु कपको उपाधि जितेको यो चौथो पल्ट हो । सेभियामा भएको फाइनल २–२ को बराबरीमा टुंगेपछि पेनाल्टी सुटआउट आवश्यक परेको हो ।
एटलेटिकोले दुई पल्ट पछाडि रहेको स्थितिबाट खेलमा फर्केका हो । तर टाइब्रेकरमा एटलेटिकोका लागि एलेक्जान्डर सोरलोथ र जुलियन एल्भारेज पेनाल्टीमा चुकेपछि बाक्स क्लब सोसिडाडका लागि पाब्लो मारिनले निर्णायक गोल गरे ।
एटलेटिकोले सन् २०१३ यता कोपा डेल रेको उपाधि जित्न सकेको छैन् । एटलेटिकोको युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल भने पुगिसकेको छ ।