वीरगन्ज महानगरका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार करिब १ हजार २ सय अतिक्रमित संरचना भत्काइने छ ।
पर्सा — वीरगन्ज महानगरपालिकाले अतिक्रमित संरचनामा डोजर चलाएको छ । आइतबार बिहान महानगरले गण्डक चोकदेखि भन्सार कार्यालयसम्मका अतिक्रमित संरचनामा डोजर चलाएको हो ।
वीरगन्ज महानगरका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार करिब १ हजार २ सय अतिक्रमित संरचना भत्काइने छ । वीरगन्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडकलाई राष्ट्रिय राजमार्गको मापदण्ड अनुरूप दायाँ–बायाँ २५/२५ मिटर बढाउन लागिएको हो ।
वीरगन्जको पावरहाउस, मुर्ली, घण्टाघर, माईस्थान, आदर्शनगर, मकालु होटल चोक, बिर्ता, छपकैया र भन्सार हुँदै मितेरी पुलसम्मको मुख्य सडकलाई २५/२५ मिटर विस्तार गरिनेछ ।
गण्डक चोकदेखि नेपाल–भारत सीमाको मितेरी पुलसम्मको २५/२५ मिटर सडक विस्तार क्षेत्रभित्र सरकारी कार्यालयका २९ वटा भवन तथा व्यक्तिका निजी स्वामित्वमा रहेका करिब १ हजार २०० वटा घर रहेको प्रेस सल्लाहकार फुयाँलले बताए ।
