त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका उनी शनिबार घर फर्किएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए ।
काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका उनी शनिबार घर फर्किएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका थिए ।
उनको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालमा प्रवक्ता डा सेढार्इंले बताए । गत चैत ३० गते अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकालिएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना भएका थिए ।
